गुठी विधेयकबारे उल्टो र भ्रमपूर्ण कुरा प्रचारː प्रधानमन्त्री ओली |
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गुठी विधेयकबारे उल्टो र भ्रमपूर्ण कुराको प्रचार गरिएको बताएका छन् । मंगलबार सिंहदरबामा पत्रकार सम्मेलन गरी प्रधानमन्त्री ओलीले गुठीको संरक्षणका लागि विधेयक ल्याइएको बताए । ‘म युरोप भ्रमणमा रहेका बेला यता गुठी विधेयकबारे उल्टो र भ्रमपूर्ण कुरा प्रचार गरिएछ,’ प्रधानमन्त्री ओलीले भने ।
प्राधिकरणले गुठी संचालन गर्ने गरी विधेयक ल्याएको भन्दै भ्रमपूर्णरुपमा प्रचार गरेको उनले बताए । काठमाडौंमा जसरी नीजि गुठी सञ्चालनमा आएका छन् ति त्यसै गरीनै चल्नु पर्छ भन्ने सरकारको मान्यता रहेको बताए । वाहिर गुठीका नाममा जनता प्रताडित भएको पनि उनले बताए ।
सरकारले प्राधिकरण बनाएर त्यसैले गुठी सञ्चालन गर्ने भन्ने व्यवस्था विधेयकमा नरहेको उनले बताए । शेरबहादुर देउवा जीले आफैँ नेतृत्व गरेर प्रधानमन्त्रीले होइन मैले बोल्न पाउन पर्छ भनेर अवरोधमा उत्रनु दुखद भएको उनले बताए ।
अहिले लोकतन्त्रकाविरुद्ध घोर दक्षिणदेखि घोर वामसम्म एक जुट भएको उनले बताए । विधेयकमा छलफल गर्न संसद हुँदा हुँदै विधेयक ल्याएपछि माइतीघर पुगिहाल्न नपर्ने ओलीले बताए । असन्तुष्टिको विषयमा छलफल गर्न सकिने उनले बताए। ुदेशलाई फाइदा हुने, लोकतन्त्रलाई फाइदा हुने विषयमा छलफल गरौं समस्या सुन्नका लागि सरकार तयार छु, उनले भने।
पटक पटक लडेर लोकतन्त्र ल्याए पनि भड्काउँदै विद्रोही बनाउन खोजिएको उनको आरोप छ । संचार लोकतन्त्रको एउटा पिलर भएकोले राज्यको चौथो अंग भनिएको भन्दै उनले यो क्षेत्र मर्यादित हुन पर्ने बताए । फेसवुकको संचालकले मैले गल्ती गरेँ कि भनेर यसै भनेको होइन भन्दै उनले सामाजिक संजाल सिष्ट हुन पर्ने बताए ।
‘हाम्रो टेलिभिजनले कसैलाई पनि तपाई भन्न जान्दैन । तपाई भन्ने भाषानै हराइ सक्यो । हाम्रो संस्कृतिमा बाउ आमालाई तपाई भनिन्छ । बाउ लाई पनि तिमी आमालाई पनि हजुरबा र हजुरआमालाई पनि तिमी । हाम्रो भाषामा यस्तो पनि हुन्छ ?’ उनले प्रश्न गरे ।