खुल्यो शिक्षक लाइसेन्सको आवेदन |
काठमाडौं । शिक्षक सेवा आयोगले अध्यापन अनुमति पत्र (लाइसेन्स) परीक्षाका लागि आवेदन खुला गरेको छ ।
आयोगले सूचना निकालेर प्राथमिक, निम्नमाध्यमिक र माध्यमिक तहका लागि लाइसेन्स परीक्षामा सहभागी हुन आवेदन खुलाएको हो ।
प्राथमिक तहका लागि पाँच सय, निम्नमाध्यमिक तहका लागि सात सय र माध्यमिक तहका लागि एक हजार दस्तुर बुझाएर योग्यता पुगेकाहरुले आवेदन दिन सक्ने आयोगले जनाएको छ ।
दरखास्त फारम अनलाइनबाट भर्न सकिन्छ । आयोगको वेवसाइट तकअ।नयख।लउ मा गएर अनलाइन एप्लिकेशनबाट दरखास्त भर्न सकिने आयोगले निकालेको सूचनामा उल्लेख छ ।
असार २२ गतेसम्म दरखास्त बुझाउने समय छ भने दोब्बर दस्तुर बुझाएर दरखास्त दिन समय असार २९ गतेसम्म छ । दरखास्त फारम भर्ने अन्तिम मितिसम्म १८ वर्ष पूरा भएकोले फारम भर्न सक्नेछन् ।
विदेशी शैक्षिक संस्थाबाट हासिल गरेको शैक्षिक योग्यताको हकमा समकक्षता प्रमाणपत्र पेश गर्नुपर्ने आयोगको भनाइ छ । तीनै तहको पाठ्यक्रम आयोगको वेवसाइटमा राखिएको छ ।