अन्तरराष्ट्रिय कलमा टेलिकमको नयाँ स्किम, ३ रुपैयाँमा चाइना कल |
काठमाडौं । अन्तरराष्ट्रिय कलमा नेपाल टेलिकमले नयाँ योजना ल्याएको छ । नेपाल टेलिकमको सिमबाट चीनमा तीन रुपैयाँ तीन पैसामै कल गर्न सकिने कम्पनीले जनाएको छ । यस अफरबाट ग्राहकले अघिपछिको तुलनामा २०.८९ प्रतिशत कम शूल्कमा कल गर्न सक्नेछन् ।
लामो समयदेखि चीन र नेपाल बीच भइरहेको व्यापार व्यवसायमा टेवा पुर्याउनुका साथै दुईपक्षीय भ्वाइस कल सेवा सहज बनाउने उदेश्यले कम्पनीले सुपथ मूल्यमा कल सेवा लागू गरेको कम्पनीले जनाएको छ ।
केही समय अघि कम्पनीले सुरु गरेको चाइना कल अफरमार्फत ग्राहकले भ्वाइस कल सेवा लिँदै आएको विज्ञप्तिमा उल्लेख छ । कम्पनीले उक्त अफर अन्तर्गत दैनिक, साप्ताहिक र मासिक रुपमा प्याक खरिद गरेर सेवा लिन सक्ने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार दैनिक १० मिनेट भ्वाइस कलको लागि ३५ रुपैयाँ, साप्ताहिक ४५ मिनेट भ्वाइस कलको लागि एक सय ५० रुपैयाँ र मासिक एक सय ६५ मिनेट भ्वाइस कलका लागि पाँच सय रुपैयाँको प्याक प्रयोग गर्न सकिने विज्ञप्तिमा उल्लेख गरिएको छ ।
तीनवटा प्याक खरिदमार्फत कल गर्दा ग्राहकले प्रति मिनेट तीन रुपैयाँ ५० पैसा, तीन रुपैयाँ ३३ पैसा र तीन रुपैयाँ तीन पैसा रुपैयाँमा सेवा लिन सक्ने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार प्याक अफर अन्तर्गत ००, १४२४, १४२५ र १४४५ लगायत सबै अन्तरराष्ट्रिय एक्सेस कोडमा उपलब्ध रहेको छ ।८१४१५८७३मा डायल गरी प्राप्त गर्न सकिने सेवा अन्तर्गत दैनिक, साप्ताहिक र मासिक योजनाका लागि क्रमशːDCHINA ,WCHINA / MCHINAdf टाइप गरी १४१५मा मेसेज पठाउनुपर्ने कम्पनीले जनाएको छ ।