राजावादीले ढुंगा हानेकै घरमा आगजनी

काठमाडौं । तीनकुनेको एक घरमा आगजनी भएको छ। राजावादीको प्रदर्शन र सभा बिथोलिएको केहीबेरमा घरमा आगजनी भएको हो ।
यसअघि यही घरमा राजावादीहरुको प्रदर्शनमा सहभागीहरुले तोडफोड गरेका थिए । सोही घर माथि रहेका प्रहरीले अश्रुग्याँस प्रहार गरेको थियो ।
आगो बलेर धुवाँको मुस्लो निस्किएको धेरैबेरपछि मात्र आगो निभाउन दमकल पुगेको थियो । सो दमकलमाथि पनि प्रदर्शनकारीले ढुंगामुढा गरिरहेका छन् ।