सिद्धार्थ बैंकका ग्राहकहरुलाई एल.के.एस डेन्टल सोलुसनस्मा १०% सम्मको छुट

काठमाडौं । सिद्धार्थ बैंक र एल.के.एस डेन्टल सोलुसनस् (LKS Dental Solutions) बिच बैंकका ग्राहक महानुभावहरुलाई विभिन्न सेवामा छुट प्रदानगर्ने सम्बन्धी सम्झौता भएको छ ।
सम्झौता अनुसार बिजुलीबजार स्थित एल.के.एस् डेन्टल सोलुसनस् (LKS Dental Solutions) काठमाडौंमा बैंकको कार्ड तथा मोबाईल बैंकिङ्ग सेवाबाट भुक्तानी गर्दा दाँत सम्बन्धी सेवामा १०% सम्मकोछुट प्राप्त गर्न सक्नु हुनेछ । यस सम्झौताले ग्राहकहरुलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।
यस समन्वयको बारेमा थप जानकारीका लागि बैंकको २४ सै घण्टा सञ्चालनमा रहने ग्राहक सेवा केन्द्र, ‘सिद्धार्थ केयर’ मा निम्न माध्यमहरु मार्फत सम्पर्क गर्न सक्नुहुनेछ ।
फाेन: ०१–५९७००२०
ईमेलः [email protected]
बैंकले डिजिटल भुक्तानीको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहनगर्ने क्रममा केहि समय अघिमात्रै ‘सिद्धार्थ रिवार्डस’ नामकलोयल्टी सेवापनि सञ्चालनमा ल्याएको छ ।