प्राधिकरणको कार्यकारी निर्देशकमा सुवेदी नियुक्त

काठमाडौं । नेपाल बीमा प्राधिकरणको कार्यकारी निर्देशकमा सुशील देव सुवेदी नियुक्त भएका छन् ।
प्राधिकरणको संचालक समितिको बैठकले पदपूर्ति समितिको सिफारिशमा निर्देशक सुवेदीलाई कार्यकारी निर्देशक पदमा बढुवा गर्ने निर्णय गरेको हो ।
नवनियुक्त कार्यकारी निर्देशक सुवेदीले फगुन १ गतेदेखि नै कार्यभार सम्हाली सकेका छन् ।