एसबीआई फाउन्डेसनद्वारा युवालाई प्रेरित गर्न ‘प्रभाव क्षेत्रमा क्यारियर’ सेमिनार आयोजना

काठमाडौँ । स्टेट बैंक अफ इण्डिया समूहको सीएसआर शाखा, एसबीआई फाउन्डेसनले रोट्र्याक्ट नेपाल र एआईईएसईसी नेपालसँगको सहकार्यमा ‘प्रभाव क्षेत्रमा क्यारियर’ सेमिनारहरूको श्रृंखला आयोजना गरेको छ ।
फाउन्डेसनले फागुन २४ देखि २८ गतेको बीचमा उक्त श्रृंखला आयोजना गरेको हो । यस सेमिनारले युवालाई सामाजिक क्षेत्रमा धेरै अवसरहरूसँग परिचय गराउन सहयोग पुगेको विश्वास रहेको फाउन्डेसनले जनाएको छ ।
यस सेमिनारले युवा परिवर्तनकर्ता र प्रभावकारी भविष्यका अवसरबीचको खाडल पुर्ने प्रयास गरेको जनाइएको छ ।