मेगा बैंकमा खुल्यो ४५ जनालाई जागिरको अवसर, असार ६ गतेसम्म अनलाइन आवेदन दिन पाइने |
काठमाडौं । मेगा बैंकले ४५ जनाको लागि विज्ञापन खुला गरेको छ । बैंकले उपत्यका भित्र प्रवन्धक तहको एक जना ब्रान्च म्यानेजर माग गरेको हो । त्यस्तै अफिसर तहका लागि ३१ जना कर्मचारी माग गरिएको छ ।
बैंकले उपत्यका तथा बाहिरका १८ वटा शाखाको लागि ब्रान्च म्यानेजरको जिम्मेवारी दिने गरि कर्मचारी माग गरेको हो । अधिकृत तहमै क्रेडिट डिपार्टमेन्टको लागि ८ जना र शाखाको क्रेडिट विजनेस तर्फ ५ जना कर्मचारी माग गरिएको छ । एसिस्टेन्ट लेभलमा १३ जना कर्मचारी माग गरिएको छ ।
इच्छुकले बैंकको वेवसाइटमा मार्फत अनलाइन आवदेन दिन सक्ने छन्। अनलाइनबाटै योग्यता पुगेको नपुगेको जानकारी दिइने बैंकले जनाएको छ । योग्यता पुगेका आवेदकलाई मात्रै अनलाइमार्फत जानकारी दिइने बैंकले जनाएको छ । आवेदकले असार ६ गतेसम्म आवदेन दिन पाउने छन् ।