आज रातो मछिन्द्रनाथको जात्रा, काठमाडौं उपत्यकामा सार्वजनिक विदा |
काठमाडौँ । सरकारले आइतवार काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिएको छ ।
रातो मछिन्द्रनाथको भोटो देखाउने जात्रा भएकाले सार्वजनिक विदा दिइएको गृह मन्त्रालयले जानकारी दिएको छ । वर्षा र सहकालका देवता मानिने रातो मछिन्द्रनाथको जात्रा मनाइन्छ । आइतबार बैंक तथा वित्तिय संस्थालाई समेत विदा हुनेछ ।