नेप्सेको सीइओको लागि १० जनाले दिए आवेदन

काठमाडौं । नेपाल स्टक एक्सचवेन्ज लिमिटेड (नेप्से) को प्रमुख कार्यकारी अधिकृत पदको लागी १० जनाले आवेदन दिएका छन् । अर्थ मन्त्रालयका अनुसार फागुन २५ गते साँझ ५ बजेसम्म उक्त आवेदन परेको हो ।
आवेदन दिनेमा पूर्ण प्रसाद आचार्य, बद्रि प्रसाद प्याकुरेल, नारद कुमार लुइटेल, युवराज दाहाल रहेका छन् । त्यस्तै, प्रविण अधिकारी, चुडामणी चापागाईं, बिमल कुमार तिवारी, सिराहा, कृष्ण बहादुर कार्की, हेमन्त बश्याल र मुकन्द राज जोशीले आवेदन दिएका छन् ।
यसअघिका सीइओ कृष्णप्रसाद कार्कीको कार्यकाल माघ २४ गते सकिएको थियो । उनको कार्यकाल सकिएसँगै सरकारले नेप्से सीइओ नियुक्तिको लागि गठित सिफारिस समितिले आवेदन खुला गरेको थियो । आवेदन खुला समयअवधिमा १० जनाको आवेदन परेको हो ।