महिन्द्रा इलेक्ट्रोनिक्स सवारीको निːशुल्क सर्भिस क्याम्प |
ललितपुर । अग्नि ग्रुपअन्तर्गत विद्युतीय सवारी साधनका लागि आधिकारीक वितरक अग्नि इनर्जीले नेपालमा महिन्द्रा विद्युतीय सवारी तथा जेनेरेटर विक्री वितरण गर्दै आएको छ, यसै सिलसिलामा ललितपुरको कुपन्डोलस्थित सर्भिस सेन्टरबाट अग्नि इनर्जीले ३ दिने निːशुल्क सर्भिस क्याम्पको व्यवस्था मिलाएको छ । विश्व वातावरण दिवस २०१९” को अवसरमा कम्पनीले निːशुल्क सर्भि्सिङको व्यवस्था मिलाएको हो ।
निːशुल्क सर्भिस यही जुन महिनाको ५ तारिखदेखि ७ तरिखसम्म रहने छ । अग्नि इनर्जीको निːशुल्क सर्भिस क्याम्पबाट जेन्यून स्पेयरपार्ट तथा गुणस्तरीय सेवा उपलब्ध हुने छ । यहाँबाट ग्राहकलाई सवारी सञ्चालन सम्बन्धी उचित सल्लाह पनि प्रदान गरिनेछ । सर्भिस सेन्टरबाट सम्पूर्ण विद्युतीय सवारी गाडीको सर्भि्सिङ हुनेछ ।
‘विद्युतीय सवारीका वातावरणमा तथा मानिसका लागि थुप्रै फाइदाहरु छन्, विद्युतीय सवारी पेट्रोल र डिजेल सवारीको तुलनामा कम मर्मत खर्च लाग्दछ, साथै विद्यूतीय सवारीबाट १ किलोमिटर दुरीको लागि जम्मा रु. १ खर्च हुन्छ, जुन कुरामा आम उपभोक्ताहरु अनभिज्ञ प्रायः हुनुहुन्छ ।’ अग्नि इनर्जीका वरिष्ठ कार्यकारी प्रबन्धक प्रमोद भण्डारीले भने ।