नारी दिवसमा क्लासिक टेकले महिला उद्यमीलाई ५० प्रतिशत छुट दिने

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिकटेकले अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा उद्यमी महिलाका लागि ५० प्रतिशत फ्ल्याट डिस्काउन्टमा उद्यमी प्याकेज अफर सार्वजनिक गरेको छ ।
यस अफर अन्तर्गत उद्यमी (इन्टरप्राइज) प्याकेज ६० एमबीपीएस वार्षिक १७ हजार ९ सय ५० को ५० प्रतिशत फ्ल्याट डिस्काउन्ट ८ हजार ९ सय ७५ रुपैयाँ, १२० एमबीपीएस वार्षिक ३४ हजार २ सय २२ रुपैयाँको ५० प्रतिशत फ्ल्याट डिस्काउन्ट १७ हजार १ सय ११ रुपैयाँ र २०० एमबीपीएस वार्षिक ४६ हजार १ सय ९५ रुपैयाँको ५० प्रतिशत फ्ल्याट डिस्काउन्ट २३ हजार ९७ रुपैयाँ छ । उद्यमी महिला लक्षित गरी उक्त अफर सार्वजनिक गरिएको कम्पनीले जनाएको छ ।
यस अफर प्राप्त गर्न कम्पनी महिलाको नाममा दर्ता भएको हुनुपर्ने छ । उद्यमी (इन्टरप्राइज) प्याकेजमा पब्लिक आईपी, ५जी एचजेड डुअल ब्याड राउटर र अनलिमिटेड एफयूपी पनि समावेश छ । यस प्याकेज जडान गर्ने ग्राहकले कर्पोरेट सपोर्ट पाउने छन् भने अफर मार्च १५ सम्म मान्य हुने कम्पनीले जानकारी दिएको छ । साथै, तोकिएको बाहेक अन्य शुल्क लाग्ने छैन ।