नेपाल माइक्रो इन्सुरेन्सको आइपीओ बाँडफाँट

काठमाडौं । नेपाल माइक्रो इन्सुरेन्सको आइपीओ आज शुक्रबार (फागुन २३ गते) बाँडफाँट भएको छ । यसमा गोलाप्रथामार्फत १ लाख ८४ हजार ५०० जना सर्वसाधारण आवेदकहरुले सेयर पाएका छन् । बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटलका अनुसार यो आइपीओमा कुल १८ लाख १७ हजार १४८ आवेदकले २ करोड २४ लाख ४६ हजार ३५० कित्ता सेयर खरिदका लागि आवेदन दिएका थिए ।
कुल आवेदनमध्ये १० हजार ३८६ जनाकोआवेदन रद्द भएको छ । बाँकी १ लाख ८४ हजार ५०० जना सर्वसाधारण आवेदकहरुले सेयर पाएका छन् । लगानीकर्ताले बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपीओको नतिजा हेर्न सक्नेछन् ।
साथै, नेपाल माइक्रो इन्सुरेन्सको वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट https://iporesult.cdsc.com.np/ बाट पनि रिजल्ट हेर्न सकिन्छ ।
कम्पनीले फागुन ११ गतेदेखि १५ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँका दरमा १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता सेयर बिक्री खुला गरेको थियो ।
केयर रेटिङ नेपालले नेपाल माइक्रो इन्सुरेन्सको आइपीओलाई ‘केयरएनपी बीबी माइनस रेटिङ’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यमस्तरको जोखिम रहेको जनाउँछ । केयर नेपालले २०८१ भदौ ६ गते उक्त रेटिङ दिएको थियो । यो रेटिङ २०८२ भदौ ६ गतेसम्म बाहल रहनेछ ।