नेपालको पोखरामा त्रिदेशीय पर्यटन एक्स्पो (नाईस २०२५) सम्पन्न

पोखरा । नेपालको पर्यटन राजधानी पोखरामा पहिलो त्रिदेशीय पर्यटन एक्स्पो, नेपाल इन्डिया चाइना एक्स्पो ((NICE 2025) सफलतापूर्वक सम्पन्न भएको छ । प्यासिफिक एसिया ट्राभल एशोसिएसन (पाटा) नेपाल च्याप्टरले नेपाल पर्यटन बोर्ड, पोखरा पर्यटन परिषद् र स्थानीय, प्रदेश, राष्ट्रिय र क्षेत्रीय स्तरका प्रमुख सरकारी तथा निजी क्षेत्रका सरोकारवालाहरुको सहयोग र सहकार्यमा गत २४ देखि २६ फेब्रुअरीसम्म आयोजना गरेको एक्सपोमा १०० भन्दा बढी अन्तर्राष्ट्रिय सहभागीहरू र राष्ट्रिय पर्यटन सरोकारवालाहरू सहित १४ देशका ६०० भन्दा बढी प्रतिनिधिहरूले सहभागीता जनाए।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले फागुन २४ गते पोखरा इभेन्ट सेन्टरमा नाईस २०२५ को उद्घाटन गरे । आफ्नो सम्बोधनमा मन्त्री पाण्डेले नाईस कार्यक्रमले नेपाल, भारत र चीनबीचको गहिरो ऐतिहासिक, सांस्कृतिक र आर्थिक सम्बन्धलाई झल्काउने कुरामा जोड दिए। उनले दुई छिमेकी राष्ट्रहरूबीचको पुलको रूपमा नेपालको रणनीतिक भूमिका तथा विशाल जनसङ्ख्या र तीव्र गतिमा बढ्दो अर्थतन्त्र भएका दुई ठुला मुलुकहरुबाट नेपालले पर्यटन मार्फत प्रयाप्त फाइदा लिन सक्ने सम्भावनाबारे प्रकाश पारे । पर्यटनमन्त्री पाण्डेले पूर्वाधार सुधार, नेपालको अन्तर्राष्ट्रिय विमानस्थलका चुनौती समाधान, युरोपेली सङ्घ ९ईयू०को हवाई सुरक्षा प्रतिबन्धलाई सम्बोधन गर्ने, भिसा प्रक्रियालाई सुव्यवस्थित गर्ने, कनेक्टिभिटी अभिवृद्धि र विश्वस्तरको पर्यटन सेवा सुनिश्चित गरी पर्यटन उद्योगलाई बलियो बनाउन नेपाल सरकार प्रतिबद्ध रहेको बताए ।
गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्यालले पोखरामा कार्यक्रम आयोजना गरेकोमा पाटा नेपाल च्याप्टरको प्रशंसा गर्दै आफ्नो प्रदेशको अथाह पर्यटकीय सम्भावनाको उजागर गर्न र विदेशीलाई यसतर्फ आकर्षित गर्न कार्यक्रम उपयोगी भएको बताए ।
पाटा नेपाल च्याप्टरका अध्यक्ष खेम लकाईले नाईस २०२५ लाई पाटा नेपालको ५० औं वार्षिकोत्सवको उपलक्ष्यमा एक नवीन पहलका रूपमा उजागर गर्दै सबै उपस्थितहरूलाई हार्दिक स्वागत गरे । उनले भारत र चीन दुई ठूला स्रोत बजारलाई सदुपयोग गरेर नेपाललाई प्रमुख गन्तव्यको रूपमा स्थापित गर्नमा कार्यक्रमले उल्लेखनीय भूमिका निर्वाह गर्ने बताए ।
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले सबै प्रतिनिधिहरूलाई स्वागत गर्दै नेपालको अद्वितीय एवं जीवन्त अनुभव प्रदान गर्ने पर्यटकीय उपजहरु एवं गन्तव्यहरु अनुभव गर्न र प्रवद्र्धन गर्न आमन्त्रित गरे ।
विशेष अतिथि तथा वक्ता, पाटा अन्तरराष्ट्रियका सीईओ नूर अहमद हमिदले नाईस २०२५ को आयोजना गरेकोमा नेपाललाई बधाई दिनुभयो र कार्यक्रमले रणनीतिक सम्बन्धन एवं आबद्धता लाई बढावा दिन र पर्यटन क्षेत्रमा नयाँ अवसरहरू खोल्न बिशेष भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
त्यस्तै पोखरा महानगरपालिकाका तर्फबाट प्रवक्ता मोतीलाल तिमिल्सिनाले पनि स्वागत मन्तव्य राख्दै नाईस २०२५ को लागि प्रशंसा, समर्थन र सहयोगको व्यक्त गरे ।
भिसाका लागि भारत र दक्षिण एसिया उपाध्यक्ष तथा सरकार संलग्नता प्रमुख आनन्द झाले नेपाल लगायत दक्षिण एसियाको पर्यटन इकोसिस्टमलाई सुदृढ पार्न भिजा प्रतिबद्ध रहेको बताए । पर्यटन प्रवर्द्धनको अग्रपंक्तिमा रही भिसाले गन्तव्य इनसाइट्स र भिसा टुरिज्म इनसाइट्स जस्ता शक्तिशाली उपकरणहरू विकास गरेको छ, जसले सरकार र पर्यटन सरोकारवालाहरूलाई आन्तरिक पर्यटन प्रवर्द्धनका लागि मदत् गर्न विश्वव्यापी रूपमा बेस्पोक ड्यासबोर्डहरू प्रदान गर्नेगर्दछ।
उद्घाटन समारोहमा तीन राष्ट्रको प्रतिनिधित्व गर्दै मनमोहक सांस्कृतिक प्रस्तुतिहरू प्रस्तुत गरिएको थियो र तत्पश्चात पोखरा महानगरपालिका र उद्योग तथा पर्यटन मन्त्रालयगण्डकी प्रदेशले आयोजना गरेको स्वागत रात्रीभोज कार्यक्रममा प्रतिनिधिहरु सहभागी भएका थिए ।
फेब्रुअरी 24 मा VISA द्वारा आयोजित एकदिने परिचयात्मक भ्रमणमा अन्तर्राष्ट्रिय पाहुनाहरुलाई सनराईज टु सनसेट इन पोखराू र नेचर एण्ड एडभेन्चर इस्केप इन पोखराू गरी दुई इमर्सिभ भ्रमण कार्यक्रमहरू प्रदान गरिएको थियो। यी अनुभवहरू नेपाल एयरस्पोट्र्स एसोसिएसन र हाईग्राउन्ड एडभेन्चरले आयोजना गरेको थियो भने फिस्टेल लजले दिउँसोको खाना र रानिबन रिट्रिटले हाई–टी को व्यवस्था गरेका थिए ।
फेब्रुअरी 24 मा VISA द्वारा प्रायोजित”NICE for MICE and More” मूल नाराका साथ् आयोजना गरिएको नाईस २०२५ कन्फेरेन्समा विज्ञवक्ताहरूले व्हेयर इज द ब्लु ओसनरु ( इन्नोवेशन एंड लिडरशिप इन टुरिज्म एण्ड होस्पिटालिटी, चाईना आउटबाउन्ड एण्ड इट्स इम्प्याक्ट अन साउथ एसियन डेस्टिनेशन्स, माईस टुरिजम, अनलिजिंग द पावर अफ एभिएसन, हाई भेल्यू वेलनेश विथ हाई भोलुम मार्केट्स स् क्यापिटलाइजिङ्ग अन ग्लोबल ट्रेण्ड्स अन हेल्थ एंड वेल बिइङ्, र द पोटेनसियल अफ इन्डियन वेडिङ्गस इन नेपाल जस्ता बिषयहरुमा आफ्नो प्रश्तुतिकरण एवं बिचारहरु प्रश्तुत गरेका थिए।
फेब्रुअरी २५ र २६ मा आयोजित बिटुबी एक्सपोले भारत र चीनका ८० क्रेता संस्थाहरू र ७५ बिक्रेता संस्थाहरूलाई एकै ठाउँमा ल्याएर २,१०० भन्दा बढी पूर्वनिर्धारित व्यापार अपोइन्टमेन्टहरू र नेटवर्किङ अवसरहरू प्रदान गरेको थियो। यस्तै होटल बाराहीले २५ फेब्रुअरीमा नाईस २०२५ का अतिथी एवम् प्रतिनिधिहरूका लागि गाला डिनर रिसेप्शनको आयोजना गर्यो ।
फेब्रुअरी २६ मा क्लब क्याटवाकमा आयोजित समापन समारोह र नेपाल पर्यटन बोर्डले प्रदान गरेको विदाई रात्रीभोज कार्यक्रम संगीत, नृत्य, सम्मान, उत्सव र भोज समिश्रणले एक आकर्षक एवम् अविस्मरणीय साँझ बन्यो। नाईस २०२५ का संयोजक सुनिल बहादुर भट्टराईले कार्यक्रमको अत्याधिक सफलताको लागि योगदान गर्ने सबै साझेदार र व्यक्तिहरूलाई हृदयदेखि कृतज्ञता व्यक्त गर्नुभयो ।
नाईस २०२५ भाब्यताका साथ् सफल पार्न नेपाल पर्यटन बोर्ड, उद्योग तथा पर्यटन मन्त्रालय (गण्डकी प्रदेश), पोखरा महानगरपालिका, पोखरा पर्यटन परिषद्, होटल एसोसिएसन पोखरा नेपाल, पाटा, पाटा इन्डिया च्याप्टर, ग्वाङ्जाओ इन्टरनेशनल ट्राभल फेयर, नेपाल एयरलाइन्स, भिसा, एनसेल, हिमालय एयरलाइन्स, बुद्ध एयर, नबिल बैंक, नेपाल पे क्यूआर, सिटिजन बैंक, इन्डियन एसोसिएसन अफ टुर अपरेटर्स, ग्लोबल एसोसिएसन अफ इभेन्ट्स एण्ड हस्पिट्यालिटी प्रोफेशनलस , रेमवोर्क, नेपाल एयरस्पोर्ट्स एसोसिएसन, हाइग्राउण्ड एडभेन्चर, सिवेक होस्पितल एंड ट्राभल मेडिसिन सेन्टर, अल्पाइन रेस्क्यू सर्भिश, नेपाल ट्राभलर, स्काईलार्क हिमालयन ट्राभल एंड ट्रेक्स , पोखरा इभेन्ट सेन्टर, कोटरी लगायत अन्य विभिन्न साझेदार र सार्वजनिक–निजी क्षेत्रका संस्थाहरूबाट सहयोग प्राप्त भएको छ ।
पोखरामा अवस्थित आधिकारिक होटल तथा आतिथ्य साझेदारहरुमा हिमालयन फ्रन्ट, वाटर फ्रन्ट, म्याजेस्टिक लेक फ्रन्ट, पोखरा ग्राण्ड, माउन्ट ग्लोरी फरेस्ट रिसोर्ट, होटल सरोवर, माउन्ट कैलाश रिसोर्ट, बाराही हस्पिटालिटी एण्ड लेजर, फिस्टेल लज, टेम्पल ट्री रिसोर्ट, टेम्पल हिमालय, होटल क्राउन हिमालय, बिग पिलो इन् , होटल रोम रेजेन्सी, मम्स गार्डन, बरपिपल, दोर्जे रिसोर्ट, रानीवन रिट्रीट, ब्लू प्लानेट लज र होटल क्विन्स पार्क लगायत ले सहयोग गरेका छन्। त्यसैगरी काठमाडौंस्थित हिल्टन काठमाडौं, होटल जाम्पा, दुसित प्रिन्सेस, ट्रेडिशनल कम्फर्ट, स्क्वायर होटल, होटल हिमालय, पार्क भिलेज रिसोर्ट, लेमन ट्री प्रिमियर, होटल क्राउन इम्पेरियल र कान्तिपुर भिलेजले पनि नाईस २०२५ लाई भव्य रुपमा सफल बनाउन सहयोग गरेका छन् । नाईस २०२५ को प्रशंसित सफलताले विश्व पर्यटन परिदृश्यमा नेपालको बलियो उपस्थिति, बढ्दो लोकप्रियता र दिगो पर्यटन वृद्धिका लागि क्षेत्रीय सहकार्यलाई बढावा दिने प्रतिबद्धतालाई जोड दिएको छ ।