कर्पोरेट एक्सीलेन्स अवार्डबाट शिवम् सिमेन्ट सम्मानित

काठमाडौं । शिवम् सिमेन्टस लिमिटेड अवार्ड फर कर्पाेरेट एक्सीलेन्स २०२४ बाट सम्मानित भएको छ । उक्त अवार्डबाट निर्माण विधामा कम्पनी सम्मानित भएको हो ।
कर्पोरेट क्लब नेपाल प्रालिले फागुन १३ गते काठमाडौंमा आयोजना गरेको अवार्ड कार्यक्रममा शिवम् सिमेन्ट सम्मानित भएको जनाइएको छ । शिवम् सिमेन्ट्सलाई उत्पादनमुलक बर्गिकरण कम्पनीहरु मध्येबाट उत्कृष्ट छनौट भई उक्त अवार्डबाट सम्मान गरिएको हो ।
उक्त कार्यक्रममा फरक फरक विधामा विभिन्न कम्पनीहरू तथा संस्थाहरूलाई अवार्ड प्रदान गरिएको थियो । शिवम् सिमेन्टले विगतका दिनहरुमा समेत विभिन्न अवार्डहरूबाट सम्मानित भई सकेको छ ।
शिवम सिमेन्ट यसअघि एनएस क्यालीटी अवार्ड २०१९, ईनर्जी एन्ड इनभाइरोमेन्ट इफिसेन्सी अवार्ड २०१९, आउटस्टेण्डीङ इन्टरनेशनल लिडरशिप अवार्ड २०२३, श्री महात्मा गान्धी राष्ट्रिय अभिमान पुरष्कार २०२३, अर्गानाईजेशन सेल्स एक्सीलेन्स अवार्ड २०२३ र बेष्ट म्यानेज्ड कम्पनी अफ द एयर २०२२ बाट सम्मानित भइसकेको छ ।
५३ ग्रेड तथा ४३ ग्रेडको ओ.पि.सि. सिमेन्ट उत्पादन तथा विक्रि वितरण गर्दै आईरहेको शिवम् ओ.पि.सि. सिमेन्ट देशका राष्ट्रिय गौरवका योजना तथा अन्य ठुला–ठुला परियोजनाहरुका साथै अनेकौं संरचना निर्माणमा समेत शिवम् सिमेन्टले विगत लामो समय देखि महत्वपूर्ण भुमिका निर्वाह गर्दै आइरहेको छ ।
हेटौंडामा स्थापित यस सिमेन्ट उद्योगले अत्याधुनिक जर्मन प्रविधि युक्त प्लान्टबाट आफ्नै चुचीढुङ्गा प्रयोग गरी क्लिंकर र ४३ तथा ५३ ग्रेडको शिवम् सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आइरहेको छ । उच्च गुणस्तर, निःशुल्क प्राविधिक सेवा समेतका कारणले गर्दा नै शिवम् सिमेन्ट ग्राहकहरूद्वारा अत्यधिक रुचाइएको तथा विश्वास गरिएको असली ओ.पि.सि. सिमेन्ट बन्न सफल भएको हो ।
नेपाल गुणस्तर चिन्ह ५७२, ४९ तथा बीआईएस, यूआरएस प्रमाणित आइएसओ प्रमाण प्राप्त शिवम् सिमेन्टले देशको भौतिक विकास निर्माणमा विभिन्न असहज परिस्थितिमा पनि निरन्तर सेवा तथा सुविधा दिँदै आएको जनाइएको छ ।