उद्योग वाणिज्य महासंघको कार्यकारिणी समिति सदस्यमा कृष्ण दुलाल मनोनित

काठमाडौं । कृष्ण दुलाल नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समिति सदस्यमा मनोनीत भएका छन् । महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले महासंघको विधानको दफा २९ को उपदफा (च) १० अनुसार उनलाई कार्यकारिणी समितिमा मनोनयन गरेका हुन् ।
उनको कार्यकाल विद्यमान कार्यकारिणी समितिको पदावधि रहँदासम्म कायम हुने छ । उनी यसअघि पनि एक कार्यकाल महासंघको कार्यकारिणी सदस्य थिए ।
उनी नाडा अटोमोबाइल्स एसोसिएसनका पूर्व अध्यक्ष, सुन्दर हरैँचा उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष र कीर्तिपुर जेसिजका पूर्वअध्यक्ष पनि हुन् ।