नेशनल लाइफ को ३८औं वार्षिकोत्सव सम्पन्न

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले ३८औं वार्षिकोत्सव समारोह सप्ताहव्यापी रुपमा विभिन्न कार्यक्रम गरी सम्पन्न गरेको छ । वार्षिकोत्सवको अवसरमा कम्पनीले मातृ नेपाल बालगृह तारकेश्वरलाई आर्थिक सहयोग गरेको हो ।
कम्पनीमा आविद्ध बीमित, अभिकर्ता एवं कर्मचारीविरुद्ध र शुभेच्छुकहरु प्रति प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले हार्दिक आभार व्यक्त गर्दै सामाजिक उत्तरदायित्त्व अन्तर्गत उक्त बालगृहलाई आर्थिक सहयोगका साथै त्यहाँ रहेका बालबालिकालाई खानाको व्यवस्था पनि गरिदिएका हुन् । यसका साथै रक्तदान कार्यक्रम पनि सञ्चालन गरेको कम्पनीले जानकारी दिएको छ ।
सोही अवसरमा कम्पनीका देशैभर रहेका प्रदेश तथा शाखा कार्यालयहरूले पनि विभिन्न वृद्धाश्रम, बाल कल्याण संस्था एवं मानव सेवा आश्रम जस्ता संस्थाहरूमा यस प्रकारका कार्यक्रमहरू आयोजना गरीएको जनाइएको छ । सीईओ खत्रीले कर्मचारी खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष तर्फ क्रिकेट, पुरुष तथा महिला तर्फ फुटसल, ब्याडमिन्टन र बुद्धिचाल जस्ता विभिन्न प्रकारका खेल प्रतियोगिता आयोजना गरिएको बताए ।
बुढानिलकण्ठ स्थित होटल लेमन ट्रि मा मनोरञ्जानात्मक प्रस्तुती सहित भव्य रुपले सम्पन्न गरिएको वार्षिकोत्सव समापन कार्यक्रममा सीईओ खत्रीले नृत्य प्रदर्शन गर्ने कर्मचारीहरूलाई मायाको चिनो तथा खेलकुद प्रतियोगिताका विजेतालाई पदक तथा प्रमाण पत्र र रक्तदान गर्ने कर्मचारीहरूलाई प्रमाण पत्र प्रदान गरेका थिए ।