नेपालमा भित्रियो ‘प्योजो मोटोसाइकल’, कति पर्छ ?

काठमाडौं । अग्नि ग्रुपको सहायक कम्पनी अग्नि मोटो इंकले विश्व प्रसिद्ध फ्रेन्च ‘मोटोसाइकल प्योजो’ नेपाल भित्र्याएको छ ।
१२५ वर्षभन्दा लामो इतिहास भएको यो मोटोसाइकलले नेपाली ग्राहकलाई फ्रेन्च आकर्षण, अत्याधुनिक प्रविधि र असाधारण क्षमताको मिश्रण प्रदान गर्ने कम्पनीको दाबी छ ।
कम्पनीले एक विशेष कार्यक्रमको आयोजना गरी प्युजोको जङ्गो र स्पिडफाइट ४ मा समेटिएको टाइमलेस डिजाइन र आधुनिक प्रविधिको परिष्कृत फ्युजनबारे जानकारी गराइएको थियो ।
जङ्गो : १२५ सीसीको यो मोटोसाइकलले रेट्रो फ्रेन्च डिजाइन र आधुनिक इन्जिनियरिङलाई समावेश गरेको छ । यो मोटोसाइकल उत्कृष्ट शैली र परिष्कृतले भरिपूर्ण रहेको कम्पनीको भनाइ छ ।
नेपाली बजारमा यो मोटोसाइकलको मूल्य पाँच लाख ७१ हजार रुपैयाँ तोकिएको छ ।
जङ्गो नीलोरसेतो, फ्लेमिङ्गो रातो, पिस्टाचियो ग्रिन र एडभेन्चर ग्रिन गरी चार रंगमा उपलब्ध रहेको छ ।
स्पिडफाइट ४ : १५० सीसी इन्जिन सहित उच्चप्रदर्शन क्षमता, तीव्र गतिको साथ सटिक ह्यान्डलिङ भएको यो स्कुटरको मूल्य नेपाली बजारमा ६ लाख ३२ हजार रुपैयाँ तोकिएको छ ।
स्पिडफाइट ४ खैरो र रकालो र नीलो र पहेंलो गरी दुई रंगमा उपलब्ध छ ।
‘प्यूजो मोटोसाइकल भनेको डिजाइन र प्रदर्शनमा एक शताब्दीको फ्रेन्च उत्कृष्टताको प्रतीक हो। यी स्कुटर केवल साधन मात्र नभई एक जीवनशैली हुन् । हामी नेपालमा यस्तो फ्रेन्च अत्याधुनिक प्रविधि र असाधारण प्रदर्शनको स्कुटर ल्याउन पाउँदा खुशी छौं,’ अग्नि मोटो इंकका महाप्रबन्धक शरद मिश्रले भने ।
प्यूजो मोटोसाइकलकाे नेपाल प्रवेशले दुई पाङ्ग्रे सवारीसाधनको मोबिलिटीमा नयाँ अध्यायको सुरुवात भएको उनले बताए ।
सुरुमा काठमाडौं उपत्यकाका बासिन्दाहरूले यी स्कुटरहरूको स्वामित्व र मजा लिन सक्ने कम्पनीको भनाइ छ ।