एनसेलको फोरजी देशभर एक हजारभन्दा बढी स्थानमा |
काठमाडौं । एनसेल प्राइभेट लिमिटेडले नविन प्रविधि भित्र्याई त्यसको लाभ ग्राहकहरुलाई प्रदान गर्ने आफ्नो प्रतिबद्धता बमोजिम देशकै बृहद् चौथो पुस्ताको मोबाइल सेवा फोरजी÷लङ्ग टर्म इभोलुसन (एलटीई) नेटवर्क थप विस्तार गरी देशका एक हजारभन्दा बढी स्थानहरुमा फोरजी सेवा पुर्याएको छ ।
एनसेलले आइतबार आफ्नो फोरजी सेवा देशका सातै प्रदेशका एक हजारभन्दा बढी स्थानमा बसोबास गर्ने नेपालीहरुको पहुँचमा पुगेकोे घोषणा गरेको छ । अब प्राय सबै शहरहरु र शहरीक्षेत्र भन्दा बाहिर रहेका ग्राहकहरुले पनि द्रुतगतिको मोबाइल ब्रोडव्याण्ड सेवामा पहुँच र यसले दिने नयाँ अवसरहरुबाट फाईदा लिन सक्नेछन् ।
“हाम्रा प्रिय ग्राहकहरुलाई दु्रतगतिको मोबाइल कनेक्टिभिटीमा पहँुच सुनिश्चित गर्न, शहरीक्षेत्र भन्दा बाहिरका स्थानहरु समेत समेट्दै सफलतापुर्वक फोरजी सेवा विस्तार गरिएको र यो सेवा अझै देशव्यापी रुपमा विस्तार गर्ने कार्य भईरहेको घोषणा गर्न पाउँदा हामी निकै हर्षित छौं ।,” एनसेलका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत एण्डि चोङ्गले भने । “एनसेलको फोरजी नेटवर्कले सरकारद्वारा बजेटमा घोषणा गरिएको डिजिटल नेपाल फ्रेमवर्कको कार्यान्वयनमा योगदान गर्ने कुरामा हामी विश्वस्त छौं र यो ब्रोडव्याण्ड पुर्वाधार तथा उच्चगतिको इन्टरनेट सेवामा पहुँच वृद्धि गर्न केन्द्रित राष्ट्रिय ब्रोडव्याण्ड नीति अनुरुप छ ।”
सेवा विस्तारसँगै एनसेलको फोरजी सिम तथा फोरजी सेवा सपोर्ट गर्ने मोबाइल सेट प्रयोग गर्ने सबै प्रिपेड तथा पोस्टपेड ग्राहकले दु्रतगतिको मोबाइल ब्रोडव्याण्ड सेवाको मजाका साथै यसबाट लाभ लिन सक्नेछन् । फोरजी÷एलटिई प्रविधि अन्र्तगत फ्रिक्वेन्सीको प्रभावकारीतामा सुधार भई उच्च गतिको इन्टरनेट सेवा उपलब्ध हुने भएकाले ग्राहकले आफ्नो मोबाइल डिभाइसमा अझ धेरै र राम्रा एप्लिकेसनहरु प्रयोग गर्न, तत्काल महत्पपूर्ण ठूला फाइलहरु आदान–प्रदान गर्न, उच्च गुणस्तरका भिडियो सामाग्रीहरु सजिलै हेर्न लगायतका कामहरु गर्न सक्नेछन् ।
दुई वर्ष अगाडी जेष्ठ १८, २०७४ बाट एनसेलले आफ्नो फोरजी सेवा काठमाडौं उपत्यका लगायत नगरकोट, बनेपा तथा धुलिखेलमा सेवा शुरु गरेको थियो । यो सेवा मध्य पौष २०७५ सम्म देशका विभिन्न २१ शहरहरुमा सिमित थियो । अब यो सेवा बिराटनगर, इटहरी, जनकपुर, भरतपुर, भैरहवा, बुटवल, बागलुङ्ग, नेपालगञ्ज, तुल्सीपुर, तम्घास, पाल्पा, कृष्णनगर, बर्दिबास, राजविराज, मलङ्गवा र घनकुटा लगायत अन्य धेरै शहरहरु सहित १,००० भन्दा बढी स्थानहरुमा उपलब्ध छ ।
आफ्नो सिम कार्डलाई अझै फोरजीमा परिवर्तन नगरेका ग्राहकले नजिकैको एनसेल सेन्टरमा गई मात्र रु १ शुल्क तिरेर फोरजी चल्ने सिम (युसिम) लिन सक्छन् । सिम लिदा ग्राहकले आफ्नो नागरिकता वा सवारी चालक अनुमति पत्र पेश गर्नु पर्दछ । यसरी सिम परिवर्तन गर्दा ग्राहकको मोबाइल नम्बरमा कुनै परिवर्तन हुने छैन । साथै ग्राहकले १ जिबी फोरजी डेटा पनि प्राप्त गर्नेछन् । प्राप्त डेटा ७ दिनको लागि मान्य हुनेछ र यो दिनको समय अर्थात बिहान ५ बजेबाट साँझ ५ बजेको समयमा प्रयोग गर्न सकिनेछ ।
एनसेलले फोरजी÷एलटिई देशको विभिन्न भागमा विस्तार गर्ने आफ्नो प्रतिबद्धता अनुरुप सेवा संचालनमा ल्याएको दुई वर्षभित्रमा ४४ जिल्लामा यो सेवा विस्तार गरेको छ । फोरजी सेवामा पहुँच थप बढाउनुका साथै ग्राहकका लागि विभिन्न आकर्षक अफर ल्याउन कम्पनी प्रतिवद्ध रहेको एनसेलले जनाएको छ ।