असल कर्जाको ‘प्रोभिजन’ दर घट्यो

काठमाडौं । असल कर्जाको ‘प्रोभिजन’ दर घटेको छ । केन्द्रीय बैंकले मंगलबार चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत उक्त दर घटाएको हो । सार्वजनिक व्यवस्था अनुसार असल कर्जाको प्रोभिजन दर १ प्रतिशतमा झारिएको छ । यसअघि यस्तो दर १.१ प्रतिशत थियो ।
यस प्रावधानले बैंक तथा वित्तीय संस्थाहरुको नाफा बढाउन सहयोग पुर्याउनेछ । प्रोभिजन राख्नुपर्ने रकम कम भएपछि त्यसको सकारात्मक प्रभाव नाफामा पर्नेछ ।