जलविद्युत क्षेत्र उच्च प्राथमिकता, सबै नेपाली नागरिकलाई लगानीको अवसर |
काठमाडौं । सरकारले जलविद्युत क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको छ । यस क्षेत्रलाई समृद्धिको सम्वाहक बनाएर बजेट विनियोजन गरेको छ । सरकारले माथिल्लो तामाकोशी र रसुवागढी लगायत जलविद्युत आयोजनाको निर्माणमा तीव्रता दिने भएको छ । यसबाट न्यूनतम १ हजार मेगावाट विद्युत राष्ट्रिय प्रशारण लाइनमा जोडिने छ ।
सरकारले बुढीगण्डकी आयोजनाका लागि १३ अर्ब ५७ करोड र तनहुँ जलविद्युतका लागि ८ अर्ब ९० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । यस्तै, प्रत्येक नागरिकलाई जलविद्युतमा लगानीका लागि अवसर सिर्जना गर्ने योजना बनाइएको छ ।