हुलास स्टिलका ७ थरी ‘प्रिमियम एलुमिनियम स्काइलाइन प्रोफाइल’ सार्वजनिक

काठमाडौं । साढे चार दशकदेखि विभिन्न स्टिलजन्य वस्तु उत्पादन गर्दै आएको हुलास स्टिल इन्डस्ट्रिजले सात प्रकारका ‘प्रिमियम एलुमिनियम स्काइलाइन प्रोफाइल’ सार्वजनिक गरेको छ ।
औद्योगिक प्रतिष्ठान दिवाकर गोल्छा अर्गनाइजेसन अन्तर्गतको हुलास स्टिलले ‘नेपाल बिल्डकन एक्स्पो’ मार्फत बिहीबार प्रिमियम एलुमिनियम स्काइलाइन प्रोफाइल सावर्जनिक गरेको हो ।
हुलास स्टिलले ४३ वर्षदेखि विभिन्न किसिमका स्टिलजन्य वस्तु उत्पादन गरी स्वदेश तथा विदेशमा बिक्री गर्दै आएको छ । समय सापेक्ष प्रविधि, क्षमता र रोजगारी विस्तार गर्दै जाने क्रममा नेपाल बिल्डकन एक्स्पोको स्टल नम्बर बी–एचू मा प्रिमियम एलुमिनियम स्काइलाइन प्रोफाइल सार्वजनिक गरिएको उद्योगले जनाएको छ ।
हुलास स्टिलका अनुसार न्यूनतम मर्मत आवश्यक पर्ने हलुका र टिकाउझ्याल (स्काइलाइन एच–२५ एमएम स्लाइडिङ विन्डो), आकर्षक देखिने (स्काइलाइन एच–२५ एमएम स्लिम स्लाइडिङ विन्डो), आधुनिक र प्रिमियम उत्कृष्ट झ्याल (स्काइलाइन एच–२९ एमएम स्लाइडिङ विन्डो), विशेषगरी सानाठूला सबै प्रकारका भवनका लागि उपयुक्त (स्काइलाइन एच–२९ एमएम स्लिम स्लाइडिङ विन्डो), बलियो संरचना र सौन्दर्यपूर्ण डिजाइन साथ उच्च टिकाउ ढोका (स्काइलाइन एच–५० एमएम केसमेन्ट डोअर), आधुनिक र आकर्षक डिजाइन सहित झ्याल (स्काइलाइन एच–५० एमएम केसमेन्ट विन्डो) र सजिलो अपरेसन र हावाको प्रवाह नियन्त्रण गर्ने सुविधा सहित झ्याल (स्काइलाइन एच–५० एमएम टिल्ट एन्ड टर्न विन्डो) सार्वजनक गरिएको हो ।
प्रिमियम एलुमिनियम स्काइलाइन प्रोफाइल गुणस्तरीय कच्चापदार्थ एलुमिनियमबाट अत्याधुनिक प्रविधियुक्त उपकरण मार्फत उत्पादन गरिने हुँदा सुरक्षा, तापमान सहनशीलता र ध्वनि प्रतिरोधात्मक विशेषता रहेको उद्योगले जनाएको छ ।
त्यस्तै घर, अफिस, होटल, रिसोर्ट, व्यावसायिक भवन तथा औद्योगिक संरचनाका लागि गुणस्तरीय हार्डवेयर भएको उद्योगको भनाइ छ । मर्मतसम्भार खर्चमा कमी आउने र वातावरणमैत्री गुणका कारण उपभोक्ताका लागि सबैभन्दा उपयुक्त हुने पनि उद्योगले जनाएको छ ।
हुलास स्टिलले यसलाई प्रिमियम एलुमिनियम सिस्टम्सका रूपमा उपभोक्तामाझ पेस गरेको जनाएको छ । सबै एलुमिनियम फेब्रिकेटर हुलास स्टिलको आधिकारिक फेब्रिकेटरका रूपमा आबद्ध भई गुणस्तरीय उत्पादन प्रयोग गर्न हुलास स्टिलले आग्रह गरेको छ ।