सुनकोशी मरिन बहुउद्देशीय डाइभर्सन भयो राष्ट्रिय गौरवको आयोजना |
काठमाडौं । सरकारले सुनकोशी मरिन बहुउद्देशीय आयोजनालाई राष्ट्रिय गौरवमा समावेश गरेको छ । यससँगै अब राष्ट्रिय गौरवका आयोजनाको संख्या २२ पुगेको छ ।
सरकारले आगामी वर्षको बजेटमा यो आयोजनाका लागि २ अर्ब ८ करोड बजेट छुट्याइएको छ । प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले पेश गरेको आर्थिक वर्ष २०७६∕७७को बजेटमा यस्तो घोषणा गरिएको हो ।
मध्य तराईका बारा, रौतहट, महोत्तरी र सर्लाही जिल्लाका २२ हजार हेक्टर सुख्खा जमिनमामा सिञ्चाई सुविधा दिने गरी यो डाइभर्सन आयायोजना निर्माण गर्न लागिएको हो ।
आयोजनाको डीपीआर लभग तयार भएको छ । सुनकोशीमा बाँध बाँधेर १३ किलोमिटर लामो सुरुङमार्फत् सिन्धुलीकै मरिणखोलामा पानी झारिने छ । त्यहाँ ४३ मेगावाट विद्युत पनि उत्पादन गरिने छ ।
६६ मिटर हेटडबाट पानी झारेर बिजुली उत्पादन गर्न सकिने अध्ययनले देखाएको छ । सिन्धुलीको सुनकोशी गाउँपालिका(६ को सितलपाटी खाल्टेमा बाँध बनाएरसुरुङ मार्फत मरिणमा पानी खसालिनेछ ।