पुँजीगत लाभकर ५ प्रतिशतमा मा झर्यो |
काठमााडौं । सरकारले पुँजीगत लाभकरको दर घटाएर ५ प्रतिशतमा झारेको छ । यसअघि व्यक्तिगत लगानीकर्ताले ७.५५ लाभकर तिर्ने गरेकामा बजेटमार्फत घटाएर ५ प्रतिशतमा सीमित गरिएको हो । यसबाट लगानीकर्ताले तिर्नुपर्ने करको दर घट्ने भएको छ । सेयर कारोबारमा उत्साह थपिनेछ । गत वर्षमात्रै सरकारले लाभकर दर ५ बाट बढाएर ७.५५ पुर्याएको थियो ।
यसैगरी, सेयर कारोबारमा भारित औसत लागत (वेटेड एभरेज) विधिबाट कर लागू गरिने भएको छ । यसअघि हकप्रद र बोनसमा आधार विन्दुबाट लागू गर्ने तयारी गरिएकोमा लगानीकर्ताले व्यापक विरोध गरेपछि सरकार पछि हटेको थियो । बजेटमार्फत भारित औसत लागत विधि (वेटेड एभरेज) विधिमार्फत कर लिन लागिएको हो ।