कर्पोरेट बास्केटबल प्रतियोगिता १७ फागुनदेखि, मुख्य प्रायोजक भाटभटेनी सुपरमार्केट

काठमाडौं । भाटभटेनी सुपरमार्केट ३X३ कर्पोरेट बास्केटबल प्रतियोगिता १७ फागुनदेखि सुरु हुने भएको छ ।
एरोस सोलुसन प्रालिको खेल व्यवस्थापन शाखाले काठमाडौंको मम्बा स्पोर्ट्स सेन्टरमा १८ फागुनसम्म सञ्चालन गर्ने प्रतियोगितामा १६ कर्पोरेट टोलीहरूको सहभागिता रहने छ ।
एरोस सोलुसनका प्रबन्ध निर्देशक राजजंग थापाले प्रतियोगिताको मुख्य प्रायोजकको रूपमा भाटभटेनी सुपरमार्केटलाई स्वागत गर्न पाउँदा खुसी लागेको बताए ।
प्रतियोगिताका थप साझेदार प्रायोजकहरूमा पेपे पिज्जा ‘फुड पार्टनर’, ऊप्स, आइ लाइक इट ‘मनोरञ्जन पार्टनर’, मम्बा स्पोट्र्स सेन्टर ‘कोर्ट पार्टनर’ र ह्याम्स अस्पताल ‘मेडिकल पार्टनर’ रहेका छन्।
सबै कर्पोरेट संस्थाहरूलाई आफ्नो टिम दर्ता गर्न र आफ्नो बास्केटबल सिप प्रदर्शन गर्न आह्वान गरिएको छ ।
लिग–कम–नकआउटमा सञ्चालन हुने प्रतियोगितामा सहभागी हुनका लागि २४ फेब्रुअरी अघि नै टिम दर्ता गरिसक्नुपर्ने छ।