प्रधानमन्त्री ओली आज दाङ जाँदै, लुम्बिनी प्रदेशसभाको बैठकलाई सम्बोधन गर्ने

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली सोमबार दाङको देउखुरीमा जाँदै छन् । लुम्बिनी प्रदेशसभाको बैठकमा विशेष सम्बोधन गर्न प्रधानमन्त्री ओली दाङ जान लागेका हुन्।
बिहान साढे ११ बजे प्रदेश सभाको बैठकलाई प्रधानमन्त्रीले विशेष सम्बोधन गर्ने सचिवालयले जनाएको छ ।
त्यसपछि ओलीले घोराहीमा आयोजित जनसभालाई सम्बोधन गरी २ बजे तुल्सीपुरस्थित होटल उद्घाटन गर्ने कार्यक्रम रहेका छन् ।