गायक अर्जुन गुरुङ को स्वरमा ‘पिरतीको डोरी ’ सार्बजनिक

काठमाडौँ । गायक अर्जुन गुरुङ र गायिका लक्ष्मी परियारको स्वरमा ‘पिरतीको डोरी ’ सार्बजनिक भएको छ । आफनी प्रेमीकालाई गायकले आफनो निस्वार्थ प्रेममा कुनै शंका नगर्नको लागी आग्रह गरेका छन ।
भावनात्मकरुपमा प्रेमको सम्वन्ध कालान्तर सम्म जिवित हुने कुरामा गायक ले गायिकालाई विश्वास्त पार्न खोजिएको छ ।अर्जुन गुरुङको शब्द तथा लय सिर्जनामा रहेको गीतमा प्रेमील भावहरु भेटन सकिन्छ ।
उत्तम हुमागाईँको छायाँकन , राजेन्द्र पुरी र अर्जुन थापाको सम्पादन रहेको गीतमा शिशिर बुढाथोकी को निर्देशनमा भिडियो तयार गरिएको छ । गीतमा दिपेन्द्र गिरी ,आभा थापाको अभिनय रहेको छ ।