कतारको नेपालमै भिसा सेन्टर सञ्चालन गर्ने तयारी, कुनै पनि शुल्क नलाग्ने |

कतारले नेपाली कामदारलाई सहजरुपमा भिसा उपलब्ध गराउन नेपालमा भिसा सेन्टर सञ्चालनमा ल्याउने भएको छ । तर यसले मलेसियाको जस्तै सिन्डिकेट भित्र्याउने भन्दै केही म्यानपावर व्यवसायीले विरोध शुरु गरेका छन् । भिसा सेन्टर खोल्न अदृश्य शक्तिले काम गरेको आरोप लगाएका छन् ।
यसअघि श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टले ‘कतार भिसा सेन्टर खोल्दा सिीन्डकेट कायम हुने र कामदार माथि विभिन्न बहाना बनाई शुल्क अशुल्न सक्ने भन्दै विरोध जनाएका थिए ।
कतार सरकार र भिसा सेन्टर खोल्न लागि परेको बेलामा नेपाली व्यवसायीको दबावमा सरकारले भिसा सेन्टर खोल्न अनुमति दिएको छ । व्यवसायीले यसलाई राजनीतिक र नीतिगत रुपमा भएको चलेखेल भनेका छन् ।
बुधबारदेखिनै कतारले आफ्नो भिसा सेन्टर सञ्चालनमा ल्याई कतार जाने कामदारको बायोमेट्रिक लिने र स्वास्थ्य परीक्षणलाई विश्वासनीय बनाउने गरी काम गर्ने बताइएको छ ।
वैदेशिक रोजगार व्यवसायी संघका महासचिव नरेश गेलालले यस्तो सिन्डिकेट हुने गरी भिसा सेन्टर खोल्न सरकारले सहमति दिएको भन्दै राजीनामा घोषणा गरेका छन् ।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार भिसा सेन्टरले विदेशिने कामदारसँग एक रुपैयाँ पनि शुल्क नलिने र कुनै प्रकारको सिन्डिकेट कायम नगर्ने प्रतिवद्धता गरेको छ । तर, व्यवसायीहरु भने सीमित व्यवसायीलाई मात्रै कतारमा कामदार आपूर्ति गर्न दिने योजनसहित यो सेन्टर खुलाइएको दावी गर्छन् ।
शुल्क तथा लागत रोजगारदाताले नै व्यहोर्ने र नेपाली कामदारलाई कुनै पनि शुल्क नलाग्नेद, सुनिश्चित हुनेगरी कतार भिसा सेन्टर सम्वन्धी आवश्यक निर्णय प्रचलित कानून बमोजिम साधिकार निकायबाट नै हुनेजस्ता कुराहरू पत्रमा उल्लेख थियो ।
कतारले विभिन्न देशमा भिसा सेन्टर खोलेको छ । नेपालमा खोल्न एक वर्षदेखि उसले प्रयास गरेपनि कामदार मलेसिया पठाउने प्रक्रियामा लादिएको सिन्डिकेट विरुद्ध श्रममन्त्री गोकर्ण बिष्टले कडा कदम चालेपछि अन्योल भएको थियो ।
कतार दूतावासका एक अधिकारी भने यो सेन्टर कुनै सिन्डिकेट लाद्ने गरी नल्याएको बताउँछन् । कतार जाने नेपाली नागरिकका लागि सजिलो होस् भनेर एकै स्थानबाट सेवा दिने गरी सेन्टर सञ्चालनमा ल्याइएको उनको दावी छ ।