एलआईसी नेपालको नगद र बोनश गरेर ७० प्रतिशत लाभांश |
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले आफ्ना शेयरधनीहरुलाई ७० प्रतिशत लाभांश दिने निर्णय गरेको छ । मंगलवार कम्पनीको ९९औं संचालक समिति बैठकले उक्त निर्णय गरेको हो ।
आर्थिक वर्ष २०७४∕०७५ को मुनाफाबाट हाल कायम रहेको चुक्ता पूँजी एक अर्ब ४९ करोड ४८ लाख ३८ हजार ८ सयको ७० प्रतिशत लाभांश शेयरधनीहरुलाई प्रदान गर्न सिफारिस गर्ने निर्णय गरेको हो ।
उक्त लाभांशमध्ये ३४.४६२६५९१२ प्रतिशत बोनस शेयर र ३५.५३७३४०८८ प्रतिशत नगद लाभांश दिने सिफारिस गरेको छ । उक्त निर्णय बीमा समितिको स्वीकृति र आगामि बस्ने बीमकको १७औं वार्षिक साधारण सभाले अनुमोदन गरेपश्चात मात्र वितरण हुने कम्पनीले जानकारी दिएको छ ।