मेलम्ची परियोजनाका लागि ७ अर्ब ३९ करोड बजेट, खानेपानीलाई ४३ अर्ब ४६ करोड |
काठमाडौं । सरकारले मेलम्ची खानेपानी आयोजनालाई अगाडि बढाउन ७ अर्ब ३९ करोड रुपैयाँ बिनियोजन गरेको छ । इटालियन ठेकेदार कम्पनी बीचमै काम छाडेर भागेपछि परियोजना अलपत्रमा परेको छ ।
अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी बर्षको बजेट प्रस्तुत गर्दै मेलम्चीलाई पैसा छुट्याएका हुन्। खानेपानी तथा सरसफाइका लागि मन्त्रीले ४३ अर्ब ४६ करोड रुपैयाँ छुट्याएका छन् ।