युनाइटेड अजोड इन्सुरेन्सको खुद नाफा ४७.१६ प्रतिशतले घट्यो
![final_logo final_logo](https://www.arthikpati.com/wp-content/uploads/2025/02/final_logo-1024x288-1000x281.png)
काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा युनाइटेड अजोड इन्सुरेन्सको खुद नाफा घटेको छ । यसअवधिमा नाफा ४७.१६ प्रतिशतले घटेर ६ करोड ९६ लाख रुपैयाँमा झरेको छ । गत वर्षको यसैअवधिमा कम्पनीले १३ करोड १८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
यसअवधिमा कम्पनीको लगानी तथा कर्जाबाट हुने आम्दानी २७.६७ प्रतिशतले घटेर १३ करोड ११ लाख रुपैयाँ कायम भएको छ । कम्पनीको कमिसनबाट हुने आम्दानी पनि १०.७२ प्रतिशततले घटेको छ ।
यता, खुद बिमा शुल्क आर्जन पनि ०.०६ प्रतिशतले घटेर ४४ करोड ३७ लाख रुपैयाँ पुगेको छ । पुस मसान्तसम्म आइपुग्दा यसको चुक्ता पुँजी २ अर्ब १० करोड रुपैयाँ छ ।
यसको रिटेन्ड अर्निङमा १६ करोड ३७ लाख रुपैयाँ रहेको छ । पुस मसान्तसम्म आइपुग्दा यसको प्रतिसेयर आम्दानी पनि ७ रुपैयाँ २१ पैसाले घटेर ६ रुपैयाँ ६४ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ १८० रुपैयाँ ६ पैसा छ ।