हिमालयन डिष्टिलरीको नाफा १४७.४२ प्रतिशत बढ्यो
काठमाडौं । हिमालयन डिष्टिलरी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ४० करोड ४९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको यसैअवधिको तुलनामा १४७.४२ प्रतिशत धेरै हो । गत वर्षको यसैअवधिमा यो कम्पनीले १६ करोड ३६ लाख रुपैयाँ नाफा कमाएको थियो ।
व्यापार बढेसँगै नाफामा सुधार आएको हो । १ अर्ब ८९ करोड रुपैयाँ रहेको सञ्चालन आम्दानी बढेर ३ अर्ब ३ करोड पुगेको छ । ३ अर्ब ७ करोड ३४ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको जगेडा कोषमा ५५ करोड ३३ लाख जम्मा छ । प्रतिसेयर आम्दानी २६.३५ रुपैयाँ छ भने प्रतिसेयर नेटवर्थ ११८ रुपैयाँ छ ।