शिक्षामा १ खर्ब ६३ अर्ब बजेट बिनियोजन | आगामी बर्ष ७० जिल्ला पूर्ण साक्षर, सेनेटरी प्याड निːशुल्क
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक बर्षको बजेट प्रस्तुत गर्दै ७० जिल्लालाई पूर्ण साक्षर बनाउने घोषणा गरेका छन् ।
विद्यार्थीलाई सेनेटरी प्याड निːशुल्क उपलब्ध गराइने भएको छ । अन्तरिक्ष अध्ययन गर्न छुट्टै केन्द्र स्थापना गरिने भएको छ । प्रत्येक प्रदेशमा विधि विज्ञान प्रयोग शाला निर्माण गरिने भएको छ ।
सरकारले शिक्षा र विज्ञान प्रविधिका लागि १ खर्ब ६३ अर्ब बजेट छुट्याएको छ ।
३ सय विद्यालय भवन निर्माणका लागि ८ अर्ब
सरकारले आगामी आर्थिक वर्ष २०७६∕७७ का लागि ३ सय विद्यालय भवन निर्माण गर्न ८ अर्ब ५३ करोड रुपैयाँ विनियोजन गरेको छ ।
आगामी आर्थिक वर्ष २०७६∕७७ का लागि संसदमा प्रस्तत गर्दै अर्थ मन्त्री युवराज खतिवडाले विनियोजन गरेको बजेट संसद्मा प्रस्तुत गरका हुन् ।