सामाजिक सञ्जालसम्बन्धी विधेयक संसद्बाट पास हुन्छ : सञ्चारमन्त्री गुरुङ
![Prithivisubba-gurung Prithivisubba-gurung](https://www.arthikpati.com/wp-content/uploads/2025/02/Prithivisubba-gurung-1-900x500.jpg)
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसद्बाट पास हुने बताएका छन् ।
संसद् भवन परिसरमा सोमबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले नियन्त्रण र बन्द गर्न नभइ नियमन गर्न ल्याइएको बताए ।
‘सामाजिक सञ्जालसम्बन्धी विधेयकमा बन्द गर्ने कुरा गरिएको छैन । नियमन गर्नेकुरा गरिएको छ । नियमन गर्न विधेयक ल्याएको हो । बन्द गर्न, नियन्त्रण गर्न ल्याइएको होइन । संसद्बाट पास हुन्छ,’ उनले भने ।
विधेयक संसद्बाट पारित हुने भएकाले निर्णय संसद्ले नै गर्ने उनले प्रष्ट पारे ।