नेसनल लघुवित्तको नाफा १०६ प्रतिशत बढ्यो
![profit_line profit_line](https://www.arthikpati.com/wp-content/uploads/2025/02/profit_line-1-1024x585.jpg)
काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा नेसनल लघुवित्त वित्तीय संस्था लिमिटेडले २१ करोड ५२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको यसैअवधिको तुलनामा १०६.६२ प्रतिशत धेरै हो । गत वर्षको यसैअवधिमा संस्थाले १० करोड ४१ लाख रुपैयाँ नाफा कमाएको थियो ।
यता, खुद ब्याज आम्दानी पनि ८७.९६ प्रतिशतले बढेर ६६ करोड ३८ लाख पुगेको छ । उक्त आम्दानी बढ्दा नाफामा वृद्धि आएको हो । इम्पेयरमेन्ट चार्ज पनि बढेर १० करोड ११ लाख पुगेको छ ।
१ अर्ब ३३ करोड १६ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस संस्थाको जगेडा कोषमा १ अर्ब ३५ करोड रुपैयाँ जम्मा छ । कम्पनीको प्रतिसेयर आम्दानी ३२.३४ रुपैयाँ पुगेको छ । प्रतिसेयर नेटवर्थ २१९.६७ रुपैयाँ छ ।