डिप्रोक्स लघुवित्तको खुद नाफा १०२.४९ प्रतिशतले बढ्यो
![profit_line profit_line](https://www.arthikpati.com/wp-content/uploads/2025/02/profit_line-1024x585.jpg)
काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा डिप्रोक्स लघुवित्तको खुद नाफासहित प्रमुख सूचकहरु बढेका छन् । यसअवधिमा खुद नाफा १०२.४९ प्रतिशतले बढेर २४ करोड ५६ लाख रुपैयाँ पुगेको छ । गत वर्षको यसैअवधिमा कम्पनीले १२ करोड १३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
यसअवधिमा खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेसँगै खुद नाफा पनि बढेको हो । खुद ब्याज आम्दानी ६८.९८ प्रतिशले बढेर ९९ करोड ४६ लाख रुपैयाँ पुगेको छ । सञ्चालन नाफा पनि १११.९२ प्रतिशतले बढेर ३६ करोड ७२ लाख रुपैयाँ कायम भएको छ ।
पुस मसान्तसम्म आइपुग्दा यसको वितरणयोग्य नाफा १० करोड १७ लाख रुपैयाँ रहेको छ । यसअवधिमा कम्पनीको खराब कर्जा १०.४१ प्रतिशतबाट घटेर ६.०९ प्रतिशतमा झरेको छ ।
कम्पनीको प्रतिसेयर आम्दानी १३ रुपैयाँ १६ पैसाले बढेर २८ रुपैयाँ ८० पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ २०४ रुपैयाँ २२ पैसा छ । हाल यसको चुक्ता पुँजी १ अर्ब ७० करोड ६१ लाख रुपैयाँ रहेको छ । यसको रिजर्भ कोषमा १ अर्ब ३५ करोड रुपैयाँ रहेको छ ।