एनआईसी एशिया बैंकले तेस्रो पटक ऋणपत्र जारी गर्ने |
काठमाडौं । एनआईसी एशिया बैंकले तेस्रो पटक ऋणपत्र जारी गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डमा निवेदन दर्ता गराएको छ । बैंकले ४४ लाख कित्ता ऋणपत्र जारी गर्न जेठ ६ गते सेबोनमा निवेदन दिएको हो ।
४४ लाखमध्ये १७ लाख ६० हजार कित्ता सर्वसाधारणको लागि र २६ लाख ४० हजार कित्ता कित्ता व्यक्तिगत सघं संस्थालाई विक्री गर्नको लागि निवेदन दिएको हो । विक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ । बैंकले ७ वर्षको लागि २०८३∕८४ सम्मको लागि ऋणपत्र जारी गर्न लागेको हो ।