आइएमई लाइफ इन्स्योरेन्स ३ विधामा इमर्जिङ एसिया अवार्डस जित्न सफल
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ३ विधामा इमर्जिङ एसिया अवार्डस जित्न सफल भएको छ ।
कम्पनीले पाँचौँ संस्करणको “इमर्जिङ एसिया अवार्डमा” तीन विधामा अवार्ड जित्न सफल भएको छ । कम्पनीले सर्वश्रेष्ठ जीवन बीमा अवार्ड (Best Life Insurance Award), बीमा विस्तारमा उत्कृष्ट रणनीति अवार्ड Strategies for Insurance Spreading) र बीमा नेतृत्वमा महिला (Women in Insurance Leadership) गरि तीन विधाको अवार्डमा जित्न सफल भएको हो।
यस प्रतिष्ठित अवार्डमा स्वतन्त्र तथा विशिष्ट निर्णायकले निर्णय गरेको थियो । यस कार्यक्रमले आई एम ई लाइफ इन्स्योरेन्सको ग्राहक–केंद्रित सेवाहरू, नवप्रवर्तनकारी रणनीतिहरू र सहभागितामुलक नेतृत्वको कदर गरेको छ ।
नेपालभित्र बीमा सचेतना फैलाउने, आधुनिक प्रविधिमैत्री सेवा प्रदान गर्ने तथा महिलाहरूलाई बीमा नेतृत्वमा सशक्त बनाउने हाम्रो उद्देश्यलाई यस अवार्डले थप प्रोत्साहन गरेको छ ।
कार्यक्रममा नेपालबाट प्रतिनिधित्व गरी आइएमइ लाइफका प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्का प्यानल डिस्कसनमा वक्ताका रुपमा सहभागी भएको कम्पनीले जनाएको छ ।
साथै उनीसगैँ जिम विचर्डले आफ्नो २८ वर्षभन्दा बढी विश्वव्यापी अनुभव र बीमा उद्योग तथा चुनौती र सकारात्मक पक्षहरूमाथि प्रकाश पारेका छन ।
कार्यक्रममा डा. राजीव सिंह, डाइरेक्टर जनरल(डी.जी.) आइसिसी, अतनु सेन, जिम बिचर्ड ग्लोबल इन्स्योरेन्स लिडर पि डब्लु सि (Global Insurance Leader at PwC) ले विशेष सम्बोधन गरेका थिए ।