पास्नीको अवसरमा छोरालाई नेशनल लाइफको बीमा पोलिसी उपहार
![WhatsApp-Image-2025-02-07-at-14.03.09-scaled-e1738921683851-1536x1034 WhatsApp-Image-2025-02-07-at-14.03.09-scaled-e1738921683851-1536x1034](https://www.arthikpati.com/wp-content/uploads/2025/02/WhatsApp-Image-2025-02-07-at-14.03.09-scaled-e1738921683851-1536x1034-1-1024x689-1536x1034.jpeg)
काठमाडौँ । पछिल्लो समय विवाह उत्सव होस् या जन्मजयन्ती वा अन्य कुनै विशेष उत्सवमा दिइने उपहारले निकै ठूलो अर्थ राखोस् भन्ने चाहना सबैको हुन्छ। त्यसैले अहिले दिइने उपहारको शैली परिवर्तन हुन थालेको छ।
एकछिनमा ओइलाउने फूलका बुकीभन्दा जीवन सुरक्षित बनाउने बीमा पोलिसी उपहार दिने चलन बढेर गएको छ। बीमा पोलिसी उपहारको रुपमा प्रदान गर्ने प्रचलन भित्रिँदै आएको छ।
सिन्धुली जिल्लाको मरिण गाउँपालिका–६ निवासी बुवा लक्ष्मण माझि र आमा अस्मिता माझीले आफ्नो छोरा बीमित ललित राज माझिको अन्नप्रासन (पास्नी)को अवसरमा बीमा पोलिसी उपहार दिएका छन् । उनीहरुले आफ्नो सन्तानको उज्वल भविष्यको लागि नेशनल लाइफ इन्स्योरेन्सको बाल अमृत–४ बीमा पोलिसी उपहार स्वरुप दिएका छन् । उक्त बीमा पोलिसी कम्पनीको सिन्धुली शाखा कार्यालयकी एजेन्सी म्यानेजर कन्चन माझीले हस्तान्तरण गरेकी हुन् ।
महंगा सुन, गहना तथा अन्य उपभोग्य बस्तुमा गरिने खर्च आफू मात्रै नभई आफ्ना भावी पुस्ताको लागि समेत उपयोगी हुने गरी जीवन बीमा पोलिसी उपहार दिने संस्कृति वास्तवमै मानव जीवनको लागि निकै महत्वपूर्ण छ ।