मन्त्री भण्डारी द्वारा नवलपरासी स्थित औद्योगिक गतिविधिहरूको अवलोकन
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री माननीय दामोदर भण्डारीले नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्ला स्थित औद्योगिक तथा व्यापारिक गतिविधिहरूको अवलोकन र केहि विषेश परियोजनाहरूको उद्घाटन गरेका छन् ।
उनले २ मेगावाट क्षमताको सोलार प्लान्ट उद्घाटन गर्नुभएको हो । नवलपरासीको रामग्रामस्थित अरुण वेभरेज प्रा.लि. मा २ मेगावाटको सौर्य ऊर्जा प्लान्टको उद्घाटन गर्दै स्वच्छ र नविकरणीय ऊर्जाको प्रवद्र्धन तथा विकास गर्न सरकार कटिबद्ध रहेको बताए । यसले स्वदेशी उत्पादनमा जोड दिनुका साथै ऊर्जा आत्मनिर्भरता हासिल गर्ने दिशामा यो एक महत्वपूर्ण कोसेढुंगा सावित हुने बताए ।
मन्त्री भण्डारीले सम्बृद्धि स्टिल प्याक्ट्रीको अवलोकन गरेका छन् । उद्योग क्षेत्रको सम्भाव्यता, उत्पादनशीलता र रोजगारी सिर्जना सम्बन्धी प्रत्यक्ष जानकारी लिन स्टिल प्याक्ट्री को अवलोकन गर्दै औद्योगिकीकरणलाई तीव्रता दिन आवश्यक नीतिगत सुधार तथा पूर्वाधार निर्माणका विषयमा उद्योगपतिहरूसँग छलफल गरे । छलफलमा क्रममा मन्त्री भण्डारीले उद्योग सम्बन्धी नीतिगत सुधार गर्ने प्रतिवघता व्यक्त गरे । उद्योगमैत्री नीति बनाउने बताउदै उनले आगामी वजेट उद्योगीको हकहितमा विननियोजन गर्ने प्रतिवद्धता व्यक्त गरे ।
यसैगरी उहाँले लक्ष्मी ह्युन्डाइ एसेम्बलिङ्ग प्लान्टको अवलोकन गरेका हुन । उनले स्वदेशमै सवारी साधन एसेम्बल गरी आयात प्रतिस्थापन गर्नुपर्नेमा जोड दिए । उनले नेपालमा गाडी निर्माण तथा एसेम्बलिङ उद्योगको विस्तारले मुलुकको औद्योगिक विकासलाई थप गति दिने विश्वास व्यक्त गरे ।