सेयर सेवा होल्डिङसको उद्घाटन, आइपीओ पनि जारी गर्ने
काठमाडौं । सेयर सेवा होल्डिङस प्राइभेट लिमिटेडले शुक्रबार औपचारिक उद्घाटन गर्दै व्यवसायिक यात्रा सुरु गरेको छ । यो कम्पनी चार्टर्ड एकाउन्टेन्ट, व्यवसायी, चिकित्सक, इन्जिनियर, बैंकर तथा विभिन्न बैंक तथा वित्तीय संस्थाहरु र कर्पोरेट क्षेत्रमा उच्च व्यवस्थापन तहमा कार्यरत अनुभवी व्यक्तिहरुद्वारा स्थापित भएको जनाइएको छ ।
विशेष रुपमा यसका संस्थापकहरु नेपाल एसबीआई बैंक लिमिटेडका पूर्व कर्मचारीहरु हुन् । सेयर सेवा होल्डिङसको चुक्ता पुँजी ५ करोड रुपैयाँ रहेको छ । कम्पनीले आगामी दिनमा पुँजी वृद्धि गर्दै सन् २०२८ भित्र आइपीओ ल्याउने लक्ष्य राखेको छ ।
कम्पनीको प्रमुख लगानी क्षेत्रहरु प्रि-आइपीओ प्रवर्द्धक, निजी प्लेसमेन्ट, दोस्रो बजार लगानी तथा नेपालका विभिन्न नवप्रवर्तनशील स्टार्टअपहरुमा लगानी गर्नेमा केन्द्रित रहनेछ ।