फागुन ६ गतेदेखि सानिमा फ्लेक्सि फन्ड निष्कासन हुँदै
काठमाडौं । सानिमा क्यापिटलले फागुन ६ गतेदेखि म्युचुअल फन्ड योजना बिक्री गर्ने भएको छ । सानिमा क्यापिटलको व्यवस्थापनमा सञ्चालन हुन लागेको ‘सानिमा फ्लेक्सि फन्ड’ (खुलामुखी) ले १० करोड इकाई बिक्री गर्न लागेको हो । यसले १ अर्ब रुपैयाँ बराबरको इकाई जारी गर्नेछ । प्रतिइकाई १० रुपैयाँको दरल उक्त फन्ड जारी गर्नेछ ।
कुल योजनाको आकारमध्ये १५ करोड रुपैयाँ बराबरको इकाई सानिमा बैंक तथा सानिमा क्यापिटलले खरिद गर्नेछन् । बाँकी रहेको ८५ करोड रुपैयाँ बराबरको ८ करोड ५० लाख इकाई सार्वजनिक निष्कासन हुनेछ ।
यसमा न्यूनतम १ सय इकईदेखि अधिकतम ४० लाख इकाईसम्म आवेदन दिन सकिनेछ । सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ । यसमा माघ ११ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा माघ २० गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।