नेपाल बंगलादेश बैंकको ऋणपत्र विक्रीमा |
काठमाडौं । नेपाल बंगलादेश बैंकले हिजोदेखि २० लाख कित्ता ऋणपत्र निष्कासन गरेकोे छ । बैंकले १० दशमलव २५ प्रतिशत ब्याजदरमा २०८५ सम्मको लागि निष्कासन गरेको हो ।
२० लाख कित्तामध्ये ८ लाख कित्ता सर्वसाधारणको लागि र वाँकी संघसंस्थालाई विक्री गर्ने छ । ऋणपत्र निष्कासन बन्द मिति छिटोमा जेठ १४ सम्म र ढिलोमा असार ८ गतेसम्म रहेको छ । आवेदकले न्यूनतम २५ कित्ता अधिकतम १ लाख कित्ताको लागि आवेदन गर्न सक्नेछन् ।