इनड्राइभ गर्दा असुरक्षित महसुस भए यस्ता छन् प्रयोगकर्तालाई सुरक्षा सुविधाहरू
के भन्छन् इनड्राइभका एसिया प्यासेफिक रिजनका रिजनल डाइरेक्टर मार्क टली
काठमाडौं । इनड्राइभका एसिया प्यासेफिक रिजनका रिजनल डाइरेक्टर मार्क टलीले भने –इनड्राइभले आफ्ना सेवाग्राहीहरुमाथि गरिने कुनै पनि आपत्तिजनक वा गैरकानुनी कार्य, दूव्र्यवहारपूर्ण वा गैरकानुनी कार्य तथा आचरणलाई कडा रूपमा अस्वीकार गर्दछ ।
यस्ता कार्यप्रति इस्ट्रिक जेरो टोलरेन्स नीति कायम राख्छ र यस्तो व्यवहारको कडा निन्दा गर्दछ । हामीले हाम्रा सेवाग्राहीको सुरक्षा र सन्तुष्टि, विशेषगरी महिलाहरूको सुरक्षा र उनीहरूको अनुभवलाई सधैं उच्च प्राथमिकतामा राख्दै आएका छौं । हालै हामी हाम्रा सेवाग्राहीले भोग्नुपरेको दुःखद घटनाप्रति हामी खेद व्यक्त गर्दछौं र क्षमाप्रार्थी छौँ ।
इनड्राइभ एक जिम्मेवार र आफ्नो सेवाग्राहीहरुलाई अग्रस्थानमा राख्ने कम्पनी हो । हामी यस घटनामा सम्बद्ध महिलाको निष्पक्ष न्याय सुनिश्चित गर्न सम्बन्धित निकायहरूसँग पूर्णरूपमा सहकार्य गरिरहेका छौँ ।
हामी यस विषयमा सम्बन्धित अधिकारीहरूलाई पूर्ण सहयोग गरिरहेका छौं । हाम्रा सेवाग्राहीहरुको विश्वास हाम्रो मुख्य मान्यता हो र हामी हाम्रो सेवामा निरन्तर सुधार गर्न प्रतिवद्ध छौँ किनकि विश्वव्यापी रूपमा इनड्राइभको लागि सेवाग्राहीहरुको विश्वास एक प्रमुख मूल्य हो।
हामी इनड्राइभ सँग तपाईंले गर्ने प्रत्येक छनौट सुरक्षित छ भनी सुनिश्चित गर्ने लक्ष्य राख्छौं, त्यसैले हामीले प्रयोगकर्ताहरूलाई विभिन्न सुरक्षा सुविधाहरू प्रदान गरिरहेका छौं ।
जस्तैः
सेफ्टी बटन– सुरक्षा बटनले तुरुन्तै सहयोगको लागि सपोर्टमा टिम सम्पर्क गर्न, प्रहरी वा एम्बुलेन्सलाई सम्पर्क गर्न सहयोग पुर्याउँछ ।
सेयर योर राईड– प्रयोगकर्ताहरूले वास्तविक–समयमा यात्रा स्थितिको लागि साथीहरू वा परिवारसँग आफ्नो सवारी विवरणहरू साझा गर्न सक्छन्।
रेट योर ड्राइभर र् एण्ड पेसेन्जर– हामी हाम्रा प्रयोगकर्ताहरूलाई प्रत्येक यात्रा पछि चालक वा यात्रुको मूल्यांकन गर्न प्रोत्साहित गर्छौं । यसले हाम्रा सेवाहरुलाई थप सुरक्षित बनाउँछ।