नेपाल इन्भेष्टमेन्ट बैंकलाई २० लाख इकाई ऋणपत्र जारी गर्न अनुमति |
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकलाई २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र विक्री गर्न धितोपत्र बोर्डले अनुमति दिएको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा २० लाख इकाई ऋणपत्र विक्री गर्न अनुमति पाएको हो ।
यसमध्ये ८ लाख इकाई सर्वसाधारणका लागि खुला हुनेछ । वाँकी १२ लाख इकाई भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई विक्री गर्नेछ ।
यस ऋणपत्रमा वार्षिक १०.५५ ब्याजदर तोकिएको छ । बैंकले ‘१०.५५ नेपाल इन्भेष्टमेन्ट बैंक डिबेन्चर २०८२’ नाममा ऋणपत्र जारी गर्न लागेको हो । यो ऋणपत्रलाई रेटिङ एजेन्सी इक्रा नेपालले न्यून कर्जा जोखिम जनाउने –इक्रएनपी) एलए प्लस रेटिङ दिएको छ । यसमा विक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले गर्नेछ ।