कुमारी बैंकको नाफा २७ करोड ५७ लाख

काठमाडौं । कुमारी बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म २७ करोड ५७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत वर्षको यसैअवधिको भन्दा ६८.२० प्रतिशतले कम हो । गत वर्ष बैंकले ८६ करोड ७२ लाख रुपैयाँ नाफा कमाएको थियो । यसको इम्पेयरमेन्ट चार्ज २ अर्ब ७६ करोडबाट बढेर ३ अर्ब ८१ करोड पुगेको छ ।
यता, खुद ब्याज आम्दानी ७.१९ प्रतिशतले घटेर ५ अर्ब ३१ करोड रुपैयाँ कायम भएको छ । गत वर्ष उक्त आम्दानी ५ अर्ब ७२ करोड थियो । इम्पेयरमेन्ट चार्ज बढ्दा र ब्याज आम्दानी घट्दा नाफामा दबाब परेको हो । चुक्ता पुँजी २६ अर्ब २२ करोड ५८ लाख रुपैयाँ रहेको कुमारी बैंकको जगेडा कोषमा १५ अर्ब २६ करोड रुपैयाँ जम्मा रहेको छ ।
बैंकको वितरणयोग्य नाफा ऋणात्मक देखिएको छ । प्रतिसेयर आम्दानी २.१० रुपैयाँ रहेको कुमारीको प्रतिसेयर नेटवर्थ १३३.५१ रुपैयाँ रहेको छ । एनपीएल ६.९६ प्रतिशतमा पुगेको छ ।