नेपाली प्राविधिज्ञहरु विश्वव्यापी प्रतिष्पर्धी क्षमताका छन् : मन्त्री दाहाल
काठमाडौ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले नेपाली प्राविधिज्ञहरु विश्वव्यापी प्रतिष्पर्धी क्षमताका रहेको बताउक्ँ छन् । विश्वका नविन प्रविधि र अनुसन्धानमा समेत नेपाली प्राविधिक तथा प्राविधिज्ञहरुले उल्लेखनीय नतिजा ल्याउने गरेको भन्दै निराश हुने अवस्था नरहेको उनको भनाई छ ।
पुलचोक ईन्जिनियरीङ् कलेजमा सिभिल ईन्जिनियर विद्यार्थी समाज–सेसले शक्रबार देखि शुरु गरेको सिभिल ईन्जिनियरीङ् प्रदर्शनी ‘आधार’ को उद्घाटनका क्रममा उहाँले नेपाली प्राविधिकहरुको ज्ञान र शिपलाई अन्तर्राष्ट्रिय मान्यता दिलाउने प्रकृया समेत शुरु भई सकेको उल्लेख गरे ।
नेपाल अहिले निर्माणको क्रममा रहेको उल्लेख गर्दै उहाँले नेपालको पूर्वाधार विकास र निर्माणमा नेपाली ईन्जिनियर र प्राविधिकहरुको भुमिका सह्रानिय रहेको उल्लेख गरे ।
नेपालमा अवसर छैन भनेर निराश मात्र हुने अवस्था नरहेको भन्दै मन्त्री दाहालले नेपालमा सिकेको ज्ञान र शिपबाट स्वदेशकै समृद्धीका लागि योगदान गर्न सकिने आधार बनि रहेको बताए । नेपाली प्राविधिक तथा वैज्ञानिकहरुले भूउपग्रह प्रक्षेपण देखि नवप्रवर्तनका विभिन्न क्षेत्रमा उल्लेखनीय प्रगती गरि रहेको भन्दै युवाहरुको ज्ञान, शिप र क्षमताको प्रोत्साहनका लागि सरकारले प्राथमिकता दिने पनि उल्लेख गरे । कार्यक्रम उद्घाटन पछि मन्त्री दाहालले विद्यार्थीहरुद्वारा सिर्जना गरिएका विभिन्न प्रदर्शनीका स्टलहरुको अवलोकन समेत गरेका थिए ।
सिभिल ईन्जिनियर विद्यार्थी समाज–सेसका अध्यक्ष दिवश पौडेलका अनुसार विज्ञान प्रदर्शनी तथा प्रतियोगीताको १५ औं संस्करण शुक्रबार देखि शुरु भएको हो । यो तीन दिन चल्ने छ । प्रदर्शनी एवम् प्रतियोगीतामा विभिन्न ६० ओटा स्टलमा सिभिल ईन्जिनियरीङ् क्षेत्रमा विभिन्न नमूनाहरु समावेश रहेको कार्यक्रमका संयोजक राहुल दाशले जनाएका थिए ।