लक्ष्मी उन्नती कोष संचालनमा ल्याउने तयारी, लक्ष्मी क्यापिटल पुग्यो धितोपत्र बोर्ड |
काठमाडौं । लक्ष्मी क्यापिटलले म्युचुअल फण्ड अन्र्तगत ‘लक्ष्मी उन्नती कोष’ संचालनमा ल्याउने भएको छ । कोष संचालनको लागि लक्ष्मी क्यापिटलले बैशाख ३० गते धितोपत्र बोर्डमा अनुमति मागेको हो ।
क्यापिटलले लक्ष्मी उन्नती कोष अन्र्तगत ८ करोड इकाई १० रूपैयाँको दरले ८० करोड रूपैयाँ बराबरको कोष संचालन गर्न अनुमति मागेको हो ।
कोष संचालन तथा बिक्री प्रबन्धकको काम गर्न लक्ष्मी क्यापिटललाई जिम्मेबारी तोकिएको छ ।
लक्ष्मी क्यापिटल अन्र्तगत लक्ष्मी भ्यालु फण्ड र लक्ष्मी इक्वीटी फण्ड संचालनमा रहेको छ ।