नेपाल मसलन्द तथा शैक्षिक सामग्री उद्योगको साधारणसभा शनिबार
काठमाडौं । नेपाल मसलन्द तथा शैक्षिक सामग्री उद्योगको २५ औं वार्षिक साधारणसभा तथा चौथो राष्ट्रिय अधिवेशन काठमाडौंमा हुँदै छ ।
पुस २७ गते शनिबार काठमाडौंको होटेल ग्रान्डमा हुने साधारणसभाको गृहमन्त्री रमेश लेखकले उद्घाटन गर्ने कार्यक्रम रहेको संघका वरिष्ठ उपाध्यक्ष बिजेन्द्र विक्रम शाहले जानकारी दिए ।
अधिवेशनले नयाँ नेतृत्व पनि चयन गर्ने छ । वार्षिक साधारणसभा तथा अधिवेशनमा देशभरबाट २५४ जना प्रतिनिधिले भाग लिन लागेको वर्तमान अध्यक्ष निमनाथ फुयाँलले जानकारी दिए ।
अधिवेशनले २५ सदस्यीय कार्यसमिति चयन गर्ने छ । २०४७ सालमा स्थापना भएको नेपाल मसलन्द तथा शैक्षिक सामाग्री उद्योग संघ नेपाल उद्योग वाणिज्य महासंघको बस्तुगत संघ अन्तर्गत रहेको छ ।