सजिलो लघुवित्तको नाफा १६२ दशमलव ५३ प्रतिशतले वृद्धि |
काठमाडौं । सजिलो लघुवित्त वित्तीय संस्था लिमिटेडले तेस्रो त्रैमासमा खुद मुनाफा १ करोड २ लाख रुपैयाँ कमाएको छ । जुन गत वर्षको सोहिअवधिको तुलनाभन्दा १६२ दशमलव ५३ प्रतिशतले वृद्धि गरेको हो । अघिल्लो वर्षको सोहिअवधिमा नाफा ३८ लाख रुपैयाँ कमाएको थियो ।
१४ करोड रुपैयाँ चुक्ता पुँजी भएको सजिलो लघुवित्तले जगेडाकोषमा ७ लाख रुपैयाँ कमाएको छ । जसले निक्षेपमा ६ करोड ६२ लाख रुपैयाँ संकलन गरेको छ भने कर्जामा ११ गुणाले वृद्धि गरी ५९ करोड २१ लाख रुपैयाँ लगानी गरेको छ ।
सजिलो लघुवित्तको खुद ब्याज आम्दानी ३ गणाले बढेर २ करोड २१ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ८७ दशमलव ८२ प्रतिशतले बढेर ७२ लाख रुपैयाँ कमाएको छ । जसले प्रोभिजनमा ८२ लाख रुपैयाँ राखेको छ ।
सजिलो लघुवित्तको जोखिम युक्त सम्पत्ति २५ प्रतिशत रहेको छ ।